काठमाडौं : नेपाल आयल निगमले इन्धन र खाना पकाउने ग्याँसको मूल्यमा भारी बृद्धि गरेको छ । आइतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टिलेमा प्रतिलिटर १० रुपैयाँ बृद्धि गरिएको आयल निगमले जनाएको छ ।
अब एक लिटर प्रेट्रोलको १८० रुपैयँ पर्नेछ भने मटिट्तेल र डिजेलको १६३ रुपैयाँ पर्नेछ । हवाई इन्धन (अन्तरिकतर्फ) को मूल्य पनि बढेको छ । १० रुपैयाँ बृद्धि गरेर प्रतिलिटर १६६ रुपैयाँ तोकिएको आयल निगमले जनाएको छ ।
त्यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य पनि प्रतिसिलिण्डर २०० रुपैयाँ बढेको छ । अब एक सिलिण्डर क्ष्यनसका लागि १८०० रुपैँया पर्नेछ ।























