मोरङमा करेन्ट लागेर एक युवकको मृत्यु
सोमबार, जेठ ०९, २०७९ | १२:४५:२१

मोरङ : मोरङमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। मोरङको बेलावारी नगरपालिका– ५ मा करेन्ट लागेर एक युवकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आइतबार दिउँसो साढे २ बजेको समयमा जलजला क्रसर भित्र पार्किङ गरी राखेको टिपरलाई सफा गर्नका लागी ढाला उठाउँदा अचानक बिजुलीको तारमा छुन गई करेन्ट लाग्दा टिपरका चालक सुन्दरहरैचा नगरपालिका– ८ सलकपुरका ३० बर्षीय नगेन्द्र कार्कीको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जानकारी दिएको छ ।
घटनाको जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय बेलवारीबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ।