मंगलबार, फाल्गुण २६, २०८२
पनौतीमा एमालेको बहुमतको घमण्ड : एमालेबाट निर्वाचित जनप्रतिनिधिद्वारा शपथ ग्रहण बहिष्कार

काभ्रे : स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएको केही दिन नबित्दै आलोचना बढ्न सुरु भएको छ । निर्वाचित जनप्रतिनिधिले बहुमतको घमण्ड देखाउँदै शपथ बहिष्कार गर्दै आएका छन् ।

हिजो (आइतबार) नेकपा एमालेबाट निर्वाचित बनेपा नगरपालिकाका जनप्रतिनिधिले शपथ बहिष्कार गरेको थियो भने आज पनौती नगरपालिकामा पनि एमालेबाट निर्वाचित जनप्रतिनिधिले शपथ कार्यक्रम बहिष्कार गरेका छन् । नेकपा एमाले पनौती नगर कमिटिले एक विज्ञप्ती जारी गर्दै शपथ कार्यक्रममा सहभागी नहुने बारे जानकारी गराएको छ ।

नगर कमिटी अध्यक्ष सुरेश प्रसाद हुमागाईद्वारा हस्ताक्षरित विज्ञप्तीमा उप–प्रमुख सहति नगर सभामा बहुमत रहेको पार्टी नेकपा एमालेसँग कुनै सल्लाह नगरी सपथग्रहण कार्यक्रम राखेकाले एमालेबाट निर्वाचित जनप्रतिनिधिले सपथ ग्रहण बहिष्कार गरिएको कुरा उल्लेख गरिएको छ ।

एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई आफ्नो पार्टीले आजै अलगै समारोह बिच शपथ ग्रहण कार्यक्रम गरिएको कुरा विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

सिफारिस

ताजा समाचार

लोकप्रिय