इलाका प्रहरी बनेपाको सक्रियता : लागू औषध नियन्त्रणका लागि गाँजा खेती फडानी
काभ्रे : इलाका प्रहरी कार्यालय बनेपालेलागू औषध नियन्त्रणका लागि गाँजा खेती फडानी गरेको छ । कार्यालयले सोमबार बनेपा आसपासमा रहेको विभिन्न ठाउँमा प्रहरीले गाँजा नष्ट गरेको हो। विद्यार्थी, शिक्षक र प्रहरीको सक्रियतामा बनेपा आसपासका क्षेत्रको गाँजा फडानी गरिएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।
कार्यालयका अनुसार बनेपामा रहेको ज्ञानकुञ्ज कलेजका शिक्षक, विद्यार्थी र इलाका प्रहरी कार्यालय बनेपाको प्रमुख प्रहरी निरीक्षक नारायण थापाको कमाण्डमा ५० जनाको खटिएको टोलीले गाँजा नष्ट गरिएको हो । सो टोलीले बनेपाको ज्ञानकुञ्ज कलेज पछाडि रहेको गाँजा खेती , पुलबजारमा रहेको , धनेश्वोर पुल नीर रहेको गाँजा र पुरानो तरकारी बजार पछाडि रहेको गाँजा फडानी गरेको हो ।
लागू औषधको रुपमा रहेको गाँजालाई प्रहरीले गाउँ–गाउँ पुगेर नष्ट गर्न सुरु गरेको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख नारायण थापाले जानकारी दिए । उनका अनुसार लागू औषधको रुपमा प्रयोग हुने गाँजालाई स्थानीयले बेचविखन गर्न थालेपछि अभियान नै चलाएर नष्ट गर्न सुरु गरिएको हो ।