गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं : काठमाडौँमा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । काठमाडौँको नैकपामा टूध बोक्ने गाडीको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार नैकाप–१४ स्थित भित्री सडकमा मंगलबार बिहान ५ बजे दूध बोक्ने बा प्र०१–०२६ च २१५१ नम्बरको गाडीले ध्रुवप्रसाद रेग्मीलाई ठक्कर दिएको थियो ।

गाडीको ठक्करबाट घाइते भएका रेग्मीलाई उपचारका लागि अस्पतालमा लैजाँदा ६ बजे मृत घोषणा गरिएको थियो । प्रहरीले थप अनुसन्धानका लागि गाडी चालक र गाडीलाई नियन्त्रणमा लिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस