कक्षा १२ को परीक्षा समय परिवर्तन
बिहिबार, जेठ १२, २०७९ | ११:१४:१०
काठमाडौं : जेठ १६ गतेदेखि हुने कक्षा १२को परीक्षा समय तालिका परिवर्तन भएको छ । यसअघि ११ बजेदेखि तोकिएको परीक्षा समय परिवर्तन गरी बिहान ८ बजेदेखि ११ बजेसम्मका लागि तोकिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले सूचना जारी गरी पपरीक्षा समय परिवर्तन भएको जनाएको हो । विभिन्न सरोकारवाला निकायको परामर्शका आधारमा परीक्षा समय परिवर्तन गरिएको बोर्डले जनाएको छ ।