मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु
बिहिबार, जेठ १२, २०७९ | १४:३४:५६
प्युठान : प्युठानमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको प्युठान नगरपालिका–१ बेलुवामा हिजो साँझ मोटरसाइकल अनियन्त्रित भई पल्टिदा चालकको मृत्यु भएको हो।
मृत्यु हुनेमा सोही नगरपालिका–२ जुम्रीका ५० वर्षीय गोपाल शाह रहेका छन्। चेरनेटाबाट जुम्रीतर्फ आउँदै गरेको मोटरसाइकल हिजो साँझ सवा ६ बजे अनियन्त्रित भइ पल्टिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका शाहको उपचारका क्रममा गएराती साढे १ बजे भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्स अस्पतालमा मृत्यु भएको प्रहरी बिट क्वाडी प्युठानले जनाएको छ।