‘हराएको विमान खोज्न तीन ठाउँमा हेलिकोप्टर स्ट्याण्डवाई’ : तारा एयर

काठमाडौं : आज (आइतबार) बिहान पोखराबाट जोमसोम जाने क्रममा हराइरहेको तारा एयर विमान खोज्न तीन ठाउँमा हेलिकोप्टर स्ट्याण्डवाई राखिएको तारा एयरले जनाएको छ ।

तारा एयरलेआइतबार दिउँसो विज्ञप्ति जारी गर्दै तारा एयरले हराइरहेको जहाज खोजी र उद्दारका लागि काठमाडौं, पोखरा र जोमसोममा हेलिकप्टरहरु स्ट्यान्डबाई राखिएको जनाएको हो ।

एयरले मौसममा सुधार आउनेबित्तिकै हवाई मार्गबाट खोजी कार्य सुरु गर्ने जनाएको छ । साथै नेपाली सेना, नेपाल प्रहरी र तारा एयरको उद्दार टोली स्थलमार्गबाट घटनास्थलतर्फ खटिएको जनाएको छ । तारा एयरको ट्वीनअटर विमान आइतबार बिहान ९ः ५५ बजे १९ यात्रु र ३ चालक दलका सदस्यसहित जोमसोमतर्फ उडेको थियो ।

उक्त विमान उडेको १२ मिनेटपछि सम्पर्कविहीन भएको थियो । विमानमा यति एयरका पाइलट वसन्त लामा समेत सवार रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस