शुक्रबार, बैशाख ०४, २०८३
जबरजस्ती करणी गरेको अभियोगमा ओखलढुङगाका पुरुष प्रहरी नियन्त्रणमा

ओखलढुङगा : १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मोलुङ गाउँपालिका-५ बस्ने ४४ वर्षीय तारा नाथ पोखरेललाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

 पोखरेलले ती बालिकालाई आफ्नै घरको कोठामा बोलाई बिहीबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बरुणेश्वरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको  हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय