काठमाडौं : आर्थिक वर्ष २०७९/०८०को बजेट प्रस्तुत भइरहेको छ ।संसदमा प्रस्तुत भइरहेको आर्थिक वर्ष २०७९/०८०को बजेटमा सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई ५५ अर्ब ५७ करोड विनियोजन गरेको छ ।
अर्थमन्त्री जर्नादन शर्मा प्रस्तुत गरेको २०७९/०८०को बजेटमा कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर ५५ अर्ब ५७ करोड विनियोजन गरिएको छ । सरकारले धान, मकै ,गहुँ र तरकारीको आयात ३० प्रतिशतउने नीति लिएको छ भने मल खरिदका लागि १५ अर्ब विनियोजन गरिने जनाएको छ ।























