शुक्रबार, बैशाख ११, २०८३
तारा एयर जहाज दुर्घटनामा हराएका २२ जनामध्ये १४ जनाको शव फेला

काठमाडौँ : तारा एयरको जहाज दुर्घटनामा हराएका २२ जनामध्ये १४ जनाको शव फेला परेको नेपाल नागरिक उड्ययन प्राधिकरण जनाएको छ ।

उद्धार टिमले हालसम्म फेला पारेको १४ जनाको शवमभ्ये १२ जनाको छरिएको अवस्थामा र २ जनाको चेपिएको अवस्थामा फेला परेको नागरिक उड्ययान प्राधिकरणका उपमहानिर्देशक तथा प्रवक्ता देवचन्द्र लाल कर्णले नानकारी दिए ।

उनका अनुसार अन्यको खोजी कार्य भइरहेको छ । यात्रुको अवस्था पहिचान, सुरक्षित रहेका सामान शंकलन गरी मुचुल्का तयार पारेपछि हेलिकोप्टरबाट पहिले कोवाङ ल्याउने योजना छ।

आइतबार बिहान हराएको जहाज आज बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ को सानो सरे भन्ने ठाउँमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो। जहाजलाई यार्सा खोज्न गएका स्थानीयको टोलीले भेट्टाएका हुन् ।

सिफारिस

ताजा समाचार

लोकप्रिय