शुक्रबार, बैशाख ११, २०८३
गोली लागेर एक जनाको मृत्यु

प्युठान : प्युठानमा गोली लागेर एकजनाको मृत्यु भएको छ । प्युठानको ऐरावती गाउँपालिका १ स्थित दाङवाङमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दोबाटो सामुदायिक वनको डाँडाथरीमा शिकार खेल्ने क्रममा २४ वर्षीय ज्ञानबहादुर नेपालीले मृगलाई हानेको गोली लागेर ३४ वर्षीय द्रोण आलेमगरको मृत्यु भएको हो।

नेपालीसहित आइतबार बेलुका शिकार खेल्न गएका १० जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूको साथबाट दुई नाल भरुवा बन्दुक नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले बताए।

उनका अनुसार अन्य चार जना भने अझै फरार रहेको र उनीहरुको खोजी भइरहेको प्रहरी प्रमुख थापाले जानकारी दिए।

सिफारिस

ताजा समाचार

लोकप्रिय