गणतन्त्र दिवसको अवसरमा काभ्रे प्रहरीद्वारा चण्डेश्वरी मन्दिर परिसर सरसफाई

काभ्रे : १५ औँ गणतन्त्र दिवसको अवसरमा बनेपा स्थित चण्डेश्वरी मन्दिर परिसर सरसफाई गरिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रपलाञ्चोक र ईलाका प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट प्रहरी निरीक्षकको कमाण्डमा चण्डेश्वरी मन्दिर परिसर सरसफाई गरिएको हो ।

प्रहरीको टोलीले जेष्ठ १५ गते (आइतबार) जिल्लाको बनेपा नगरपालिका वडा नं.०५ स्थित चन्डेश्वरी मन्दिर परिसर सरसफाई कार्यक्रम सम्पन्न गरेको हो । उक्त कार्यक्रममा यस कार्यालय तथा मातहत समेतबाट खटिएको ३५ जना प्रहरी कर्मचारीहरु र मन्दिर व्यबस्थापन समितिका पदाधिकारीहरु समेतको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिफारिस