बिहिबार, बैशाख १०, २०८३
बनेपाको पुल बजार डुबानमा : अरनिको राजमार्गमा एकतर्फी मात्र सवारी सञ्चालन

काभ्रे : आज दिउँसोको भारी वर्षाले जिल्लाको बनेपा स्थित पुलबजार क्षेत्र डुबानमा परेको छ । करिब आधाघण्टा परेको पानीले अरनीको राजमार्ग अन्तर्गत बनेपा पुलबजार क्षेत्रमा डुबानमा परेको छ । राजमार्ग डुबानका कारण  राजमार्गमा अहिले एकतर्फि मात्र सवारी सञ्चालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

हरेक वर्ष बनेपाको पुल बजार क्षेत्रमा पुण्यमती खोलाले डुबान हुने गरेको छ । पुलबजारको सडक खण्डमा पुण्यमती खोला बग्दा राजमार्ग पुर्ण रुपमा ठप्प हुने भए पनि यसको दीर्घकालीन समस्या समाधानमा सम्बन्धित निकायले चासो दिएको देखिदैँन ।

सिफारिस

ताजा समाचार

लोकप्रिय