जेष्ठ २८ गते ‘दोस्रो ज्ञानकुञ्ज रोड रेस २०७९’ हुने
मंगलबार, जेठ १७, २०७९ | ९:१२:३०

काभ्रे : ‘दोस्रो ज्ञानकुञ्ज रोड रेस २०७९’ हुने भएको छ । ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान बनेपाद्वारा आयोजित ‘दोस्रो ज्ञानकुञ्ज रोड रेस २०७९’ जेष्ठ २८ गते हुने भएको हो । उक्त दौड प्रतियोगिताका लागि महिलालाई ३ किलोमिटर र पुरुषका लागि ६ किलोमिटर दुरी निर्धारण गरिएको छ ।
उक्त प्रतियोगितामा एस.ई.ई दिएर बसेका जुन सुकै विद्यालयका विद्यार्थीहरु पनि सहभागी हुन पाउनेछन् । जेष्ठ २८ गते बिहान ७ बजेबाट सुरु हुने उक्त दौड प्रतियोगितामा महिला र पुरुषतर्फ प्रथम हुने दुवैलाई २० हजार, दोस्रो हुनेलाई १० हजार र तेस्रो हुनेलाई ५ हजार रुपैँया पुरस्कार दिइने आयोजकले जनाएको छ ।