
काभ्रे : जिल्ला स्थित माओवादी निकट अखिल नेपाल किसान महासंघले कृषि सामाग्री संस्थान धुलिखेललाई ज्ञापन पत्र बुझाएको छ ।
जिल्लामा रसायनिक मल अभावका कारण किसानले भोग्दै आएको समस्या समाधान गर्न महासंघले मंगलबार बागमती प्रदेशको कृषि तथा पशुपक्षी शाखालाई कृषि सामाग्री संस्थान धुलिखेल मार्फत ज्ञापन पत्र बुझाएको हो । किसान नेताहरु हरि तिमल्सिना, बासुदेव धिताल, शिवप्रसाद लगायतले किसानहरुलाई तत्काल मल उपलब्ध गराउन सरकारको ध्यानार्कषण गराएका हुन् ।
मलको हाहाकार हुँदा सरकारले ल्याउने भनेको जिटुजी मार्फतको मल आउन सकेको छैन भने बोलपत्र गरिएको मल पनि आउन सकेको छैन । कृषि प्रधान देशमा कृषकहरुले हरेक वर्ष भोग्नु पर्ने यस्ता समस्यामा सरकार उदासिन हुँदै आएको छ ।