काभ्रेलाई ध्वनी प्रदुषणमुक्त जिल्ला बनाउन काभ्रे प्रशासनलाई ध्यानाकर्षण

काभ्रे : काभ्रेलाई ध्वनी प्रदुषणमुक्त जिल्ला बनाउन सरोकारवाला निकायलाई ध्यानाकर्षण गरिएको छ । पछिल्लो समय जिल्लामा बढ्दै गएको प्रेसर हर्न र ध्वनी प्रदूषणका कारण मानव स्वस्थ्यमा पर्ने जोखिमलाई मध्यनजर गर्दै जिवित फाउण्डेशनले जिल्ला प्रशासन कार्यालय काभ्रेमा ध्यानकर्षण पत्र बुझाएको छ ।

त्यससँगै दैनिक रुपमा काभ्रेमा ध्वनी प्रदुषण बढिरहेको समयमा जिवित फाउण्डेशनले काभ्रेमा ध्वनी प्रदुषणको कारणले हुने असरको बारेमा सचेतना कार्यक्रम संचालन गर्ने, सबै निकायको पहलकदमीमा काभ्रेपलाञ्चोक जिल्लालाई ध्वनी प्रदुषणमुक्त जिल्ला बनाउने उदेश्यले मंगलबार जिवित फाउण्डेशनले जिल्ला प्रशासन कार्यालय काभ्रेमा ध्यानकर्षण पत्र बुझाएको हो ।

सामाजिक कार्य गर्दै आएको सो फाउण्डेशनले ध्वनी प्रदुषणको असर बालबालिका र जेष्ठ नागरिकलाई पर्ने भएकाले त्यसतर्फ ध्यान दिन अनुरोध गरेको छ । फाउण्डेशनका अध्यक्ष जितेन्द्र थापाले काभ्रेका प्रमुख जिल्ला अधिकारी  हुमकला पाण्डेलाई ज्ञापनपत्र बुझाउँदै यो कार्यमा आफूहरुले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशी, जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख पुरुषोत्तम राज सेढाइँ, जिल्ला ट्राफिक कार्यालय काभ्रेका प्रमुख प्रहरी निरीक्षक राजेश सिलवाल लगायतको उपस्थितीमा प्रमुख जिल्ला अधिकारी पाण्डेलाई ज्ञापन पत्र बुझाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस