बैंकिङ कसूर मुद्दामा फरार रहेकी चौँरीदेउरालीकी मिष्ठु लामा पक्राउ

काभ्रे : बैंकिङ कसूर मुद्दामा फरार रहेकी काभ्रेकी महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको चौँरीदेउराली गाउँपालिका वडा नं १ की २८ वर्षीय मिष्ठु लामा रहेकी छिन् ।

उनलाई जिल्ला प्रहरी कार्यालय काभ्रेको प्रहरी अधिकृत सहतिको टोलीले खोजतालसका क्रममा वैदेशिक रोजगारीको शिलशिलामा यु.केमा रहेको भन्ने खुलासामा अध्यागमन कार्यालय त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाडौँको समन्वयमा आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

जिल्ला अदालत काभ्रेपलाञ्चोकले बैंकिङ कसूर मुद्दामा लामालाई २०७७ मंसिर २९ गते चार लाख रुपैँया (पिडीत राहतकोष १ लाख ६० हजार रुपैँया) र चार दिन कैद सजायको फैसला गरेको थियो ।

अदालतको फैसलापछि फरार रहेकी लामालाई प्रहरीले पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काभ्रेपलाञ्चोक पेश गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिफारिस