मापदण्ड विपरित पशु ढुवानी गर्ने सवारी र चालक काभ्रे प्रहरीको नियन्त्रणमा

काभ्रे : मापदण्ड विपरित पशु ढुवानी गर्ने सवारी र चालकलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले नियन्त्रणमा लिएको छ ।

जिल्ला स्थित बीपी राजमार्ग अन्तर्गत धुलिखेल नगरपालिका वडा नम्बर ९ काभ्रेभञ्ज्याङमा नियमित सवारी साधन चेकजाँच गर्ने क्रममा पशु ढुवानी मापदण्ड, २०६४ बमोजिम आवश्यक मापदण्ड पुरा नगरी नियम विपरित क्रुर तथा निर्दयी किसिमबाट ढुवानी गरेको पाइएपछि नियन्त्रणमा लिइएको काभ्रे प्रहरीले जनाएको छ ।

गाडीको क्षमता भन्दा बढी लोड गरी खोटाङतर्फ लैजादै गरेको अवस्थामा सवारी चालक चितवनको खैरहनी नगरपालिका वडा नम्बर ५ सलौली बस्ने ३४ बर्षीय सन्देश सुवेदीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।

उनका अनुसार प्रहरीले थुलुङ पशुपालन तथा कृषि फर्म बुढानिलकण्ठ नगरपालिका वडा नम्बर २ काठमाण्डौबाट बा १५ च ३९२६ नम्बरको टाटा बोलरो गाडीमा लोड रहेका गाईको बाच्छा ४ र बाच्छी ४ गरी ८ वटा जर्सी प्रजातीको बाच्छा बाच्छीलाई नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिफारिस