संघीय सरकारद्वारा काभ्रेको कुन पालिकालाई कति बजेट विनियोजन ?

काभ्रे : संघीय सरकारले आर्थिक वर्ष २०७९/८० को लागि जिल्लाको १३ वटै पालिकाको लागि बजेट विनियोजन गरेको छ ।

संघीय सरकारले काभ्रेको १३ स्थानीय तहलाई गरिएको बजेट विनियोजन अनुसार बनेपा नगरपालिकाले सबै भन्दा धेरै बजेट पाएको छ। संघीय सरकारले बनेपालाई ५० करोड ६९ लाख छुट्याएको छ। सबैभन्दा कम पाँचखाल नगरपालिकाले ३८ करोड १८ लाख रूपैयाँ प्राप्त गरेको छ।

धुलिखेल नगरपालिकाले ४७ करोड १२ लाख, नमोबुद्ध नगरपालिका ३९ करोड, २८ लाख, पनौती नगरपालिका ४५ करोड ७० लाख, मण्डनदेउपुर नगरपालिका ४२ करोड ९९ लाख रूपैयाँ बजेट प्राप्त गरेका छन्।

यस्तै, काभ्रेका ७ वटा गाउँपालिका मध्ये सबैभन्दा बढी बजेट रोशी गाउँपालिकाले ४१ करोड ८७ लाख पाएको छ। सबै भन्दा कम खानिखोला गाउँपालिकाले २६ करोड १६ लाख प्राप्त गरेको छ।

चौरीदेउराली गाउँपालिका ३४ करोड ९२ लाख, तेमाल गाउँपालिका ३१ करोड ९२ लाख बजेट पाएको छ ।

महाभारत गाउँपालिकाले २८ करोड ३६ लाख, बेथान्चोक गाउँपालिकाले २६ करोड ७० लाख र भुम्लु गाउँपालिका २९ करोड ८८ लाख रूपैयाँ बजेट प्राप्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस