प्रतिलिटर १० रुपैयाँले घट्यो पेट्रोलियम पद्धार्थको मूल्य
बिहिबार, जेठ १९, २०७९ | २०:३०:३०
काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पद्धार्थको मूल्य प्रतिलिटर १० रुपैयाँले घटाएको छ । बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य लिटरमा १०/१० रुपैयाँले घटाउने निर्णय गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।
अब पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ पर्नेछ । डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५३ रुपैयाँमा झरेको छ । घटेको मूल्य बिहीबार राति १२ बजेदेखि लागू हुने छ । सरकारले पेट्रोलियम पदार्थमा लाग्ने पूर्वाधार कर घटाएपछि मूल्य समायोजन भएको हो ।