मंगलबार, फाल्गुण २६, २०८२
काठमाडौं विश्वविद्यालयको २७औँ दीक्षान्त समारोह सम्पन्न : १७ सय विद्यार्थी दीक्षित

काभ्रे : जिल्ला स्थित काठमाडौं विश्वविद्यालयको २७औँ दीक्षान्त समारोहको (दोस्रो चरण) सम्पन्न भएको छ । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाको अध्यक्षता र आइआइटी हैदेराबादका निर्देशक बिएस्. मूर्तिको प्रमुख आतिथ्यतामा दीक्षान्त समारोह सम्पन्न भएको हो । शुक्रबार विश्वविद्यालयमा स्नातक र स्नातकोत्तर तहमा विभिन्न संकायमा अध्ययन गर्ने १७ सय १२ जना विद्यार्थी दीक्षित भएका हुन् ।

दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा कुलपति देउवाले खनिज पदार्थको पहिचान गरी विशेषज्ञता हासिल गरी देश विकासमा टेवा पुर्‍याएकामा धन्यवाद व्यक्त गरे । स्वदेशभित्रै युगअनुसारको शिक्षा प्रदान गर्ने विश्वविद्यालयको उद्देश्य उनले बताए । विश्वविद्यालयले विभिन्न देशका विश्वविद्यालयहरूसँग सहकार्य गर्दै अगाडि बढेको पनि उनले बताए ।

कार्यक्रममा कला, शिक्षा, इन्जिनियरिङ, व्यवस्थापन, विज्ञान र चिकित्सा विज्ञान विधाका गरी ११ जना पिएचडी तथा एमफिल ४३ सहित स्नातक र स्नातकोत्तर तहका विद्यार्थी दीक्षित भएका हुन्। उक्त दीक्षान्त समारोहमा पुरुष एक हजार ३२ तथा ६०.२८ प्रतिशत र महिलाको ६ सय ८० जना अर्थात् ३९.७२ प्रतिशत दीक्षित भएका हुन् । दीक्षित हुने विदेशी विद्यार्थी भारत, श्रीलंका, माल्दिभ्स, अमेरिका, अस्ट्रेलिया, चीन, बंगलादेश, नेदरल्यान्ड र जर्मनी गरी नौ देशका एक सय ५७ विद्यार्थी दीक्षित भएका छन् ।

विश्वविद्यालयमा हालसम्म ३८ हजार तीन सय ३६ उत्तीर्ण तथा दीक्षित भएको विश्वविद्यालयले जनाएको छ । कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति देवेन्द्र पौडेलसहित विभिन्न शिक्षासेवीहरूको उपस्थिति रहेको थियो ।

सिफारिस

ताजा समाचार

लोकप्रिय