शुक्रबार, बैशाख ११, २०८३
रुपन्देहीको रोहिणी खोलामा बस खस्दा ९ जनाको मृत्यु , २३ जना घाइते

रुपन्देही : परासी-भैरहवा सडकखण्डअन्तर्गत रुपन्देहीको रोहिणी गाउँपालिकाको रोहिणी पुलबाट खोलामा बस खस्दा ९ जना यात्रुको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।

जनकपुरबाट भैरहवाका लागि छुटेको बस भैरहवा–परासी हुलाकी राजमार्ग खण्ड रोहिणी पुलबाट खोलामा खसेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

लु २ ख ३८४१ नम्बरको बस बिहान दुर्घटना भएको छ । घाइतेहरुको भीम अस्पताल र भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय