प्रदुषणबाट बच्नका लागि काभ्रेका ट्राफिक प्रहरीलाई आयुर्वेद केन्द्रको योग अभ्यास कार्यक्रम
काभ्रे : प्रदुषणबाट बच्नका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेमा कार्यरत ट्राफिक प्रहरीलाई जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बनेपाले आयुर्वेद योग अभ्यास कार्यक्रम सञ्चालन गरेको छ ।
जिल्लामा कार्यरत ट्राफिक प्रहरीहरुका लागि प्रदुषणबाट उत्पन्न स्वास्थ्य समस्या न्युनिकरणका लागि (नश्र्यकर्म) आयुर्वेद योग अभ्यास गराएको हो । एक दिने योगाभ्यासमा योग, खानपान, रहन सहन, आयुर्वेदीय जीवनशैली सेवा, तनाव व्यवस्थापन, बायु प्रर्दषण, ध्वनी प्रदुषण, जलनेती, नश्र्यकर्म लगायतका विषयमा जानकारी गराईएको छ ।
ट्राफिक प्रहरीहरुका लागि जल नेती, प्रदुषण र ध्वनी प्रदुषण, नश्र्यकर्म, आयुर्वेदेयि जीवन शैली सेवा प्रभावकारी रहेको आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा. मनोजकुमार चौधरीले बताए ।
ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरिक्षक राजेश सिलवालले हरेक ब्यक्तिलाई आवश्यक पर्ने योग ट्राफिक प्रहरीका लागि थप आवश्यक रहेको बताए । उनका अनुसार आयुर्वेद स्वास्थ्य केन्द्रले उपलब्ध गराएको नश्र्यकर्म योग झनै महत्वपूर्ण रहेको छ । आयुर्वेद स्वास्थ्य केन्द्रले प्रहरीका लागि ३२ वटा चस्मा, जलनेती, माक्स लगायतका सामाग्रीहरु हस्तान्तरण गरिएको थियो ।