होमस्टे महासंघको केन्द्रीय कार्य समितिको बैठक सम्पन्न

काठमाडौ : होमस्टे (घरबास) महासंघ नेपालको केन्द्रीय कार्य समिति बैठक सम्पन्न भएको छ ।

कास्की जिल्ला माछापुच्छ्रे गाँँउपालिका २ ल्वाङ सामुदायिक होमस्टेमा यहि जेष्ठ १९,२०,२१ मा महत्त्वपूर्ण ११ निर्णय गर्दै सम्पन्न भएको होमस्टे महासंघ नेपालका केन्द्रिय कोषाध्यक्ष सुरज बास्तोलाले जानकारी दिएका छन् ।

होमस्टे (घरबास) महासंघ नेपालको तेस्रो राष्ट्रिय महाधिवेशन पछिको पहिलो बैठक महासंघका अध्यक्ष प्रेम शंकर मर्दनिया थारुको अध्यक्षतामा बसेको हो ।

केन्द्रिय कार्य समिति, सुपरिवेक्षण तथा अनुगमन आयोग पदाधिकारी तथा सदस्य एवं प्रदेश कार्य समिति अध्यक्षहरुको उपस्थितिमा संचालन भएको थियो ।

पर्यटकीय गाउँ ल्वाङमा ३ दिनसम्म संचालित बैठकबाट गाभर भ्याली महाधिवेशनको समिक्षा, स्थानीय तहमा होमस्टेहरुबाट प्रतिनिधित्व गरेर विजय हुन सफल जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना दिएको छ ।

केन्द्रिय कार्य समितिलाई ५१ सदस्यीय बनाउदै पुर्णता दिएको छ । १७ सदस्यीय सचिवालय, ११ सदस्यीय सल्लाहकार समिति गठन, विभिन्न विभागहरु गठन, रणनीतिक योजना निर्माण, कार्यलय व्यवस्थापन लगाएतका महत्त्वपूर्ण प्रस्तावमा छलफल तथा निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस