विपद व्यवस्थापन सम्बन्धि जिल्ला स्थित सुरक्षा निकायद्धारा संयुक्त अभ्यास कार्यक्रम सम्पन्न

काभ्रे : जिल्ला स्थित सुरक्षा निकायले सञ्चालन गरेको विपद व्यवस्थापन सम्बन्धि संयुक्त अभ्यास कार्यक्रम सम्पन्न भएको छ ।

सोमबार जिल्लाको भुम्लु गाउँपालिका वडा नं. ८ स्थित सुनकोशी र ईन्द्रावती नदीको दोभानमा श्री कालीजंग गण धुलिखेल काभ्रेपलाञ्चोक, जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक, सशस्त्र प्रहरी बल नं.१५ गण पाँचखाल काभ्रेपलाञ्चोक र नेपाल रेडक्रस सोसाइटी बनेपा काभ्रेपलाञ्चोकको संयुक्त समन्वयमा विपद व्यवस्थापन सम्बन्धि संयुक्त अभ्यास कार्यक्रम सञ्चालन गरिएको हो ।

वर्षातको समयमा हुन सक्ने बाढी, डुवान लगायत बाढी र डुवान मार्फत हराएका व्यक्तिहरुको सफलता पुर्वक खोजी तथा उद्धार गरी विपदको समयमा हुन सक्ने जोखिम तथा क्षतिलाई न्यूनिकरण गरी सम्पुर्ण सुरक्षा निकायहरुको समन्वयमा तत्काल विपद प्रतिकार्य योजना बमोजिम उद्धार लगायतका कार्यहरु गर्नका लागि Water Rescue, under Water Rescue, Upper Water Rescue अभ्यास प्रदर्शन गरिएको थियो ।

उक्त कार्यक्रममा २६ नं. बाहिनी अड्डा भकुण्डेबेशीका बाहिनीपति सहायक रथी जोतेन्द्र महत, काभ्रेपलाञ्चोकजिल्लाका प्रमुख जिल्ला अधिकारी, भुम्लु गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, बेथानचोक गाउँपालिकाका अध्यक्ष, मण्डनदेउपुर नगरपालिकाका उपप्रमुख, ,सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु, भुम्लु गाउँपालिकाका वडा अध्यक्षहरु, विभिन्न सरकारी कार्यालयका पदाधिकारी, संचारकर्मी, विभिन्न विद्यालयका प्रधानध्यापक, विद्यार्थी, सर्वसाधारण समेतको उपस्थितीमा विपद व्यवस्थापन अन्तर्गत बिपदको समयमा खोजी तथा उद्धार कार्यको संयुक्त अभ्यास कार्यक्रम प्रदर्शनी गरिएको थियो ।

साथै उक्त कार्यक्रममा नेपाली सेनाको ५८ जना, नेपाल प्रहरीको १५ जना र सशस्त्र प्रहरी बलको १६ जना गरी जम्मा ८९ जनाको सयुक्त टोलीद्धारा अभ्यास गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिफारिस