होण्डा शो रुम बनेपा शाखामा निःशुल्क सार्वजनिक शौचालय सञ्चालनमा

काभ्रे : सार्वजनिक स्थलमा हिँडडुल गर्दै गर्दा शौच गर्नु परेमा कहाँ जाने ? धेरैले भोग्ने परेको समस्या हो यो । सार्वजनिक स्थलमा प्रयाप्त मात्रा शौचालय नहुदाँ चिया खाजाको बाहाना बनाएर होटलमा शौच गर्न जानुपर्ने बाध्यता अझै पनि छ । यो समस्या काभ्रेका अधिकांश सर्वसाधारण भोग्दै आएका छन् ।
काभ्रेको बजारी क्षेत्रमा सार्वजनिक शौचालय नभएका भने होइनन् । भएका शौचालय प्रयोग लायक नभएकाले र्न अधिकांश सर्वसाधरणहरु होटल वा साथीभाई, इष्टमित्रकोमा धाउने गर्छन् ।
लामो समयदेखि सर्वसाधरणले भोग्दै आएको उक्त समस्यालाई सम्बोधन गर्नका लागि काभ्रेको बनेपा स्थित होण्डा शो रुमले निःशुल्क सार्वजनिक शौचालय प्रयोगमा ल्याएको छ । शो रुमले निःशुल्क शौचालयको बोर्ड नै राखेर शौचालय प्रयोगमा ल्याएको छ ।
देशभर निःशुल्क सार्वजनिक शौचालय संचालन गरेको हुनाले काभ्रेमा पनि सोहि नियम अनुसार कार्यालय अगाडी बोर्डनै राखेर निःशुल्क शौचालय सञ्चालनमा ल्याएसँगै काभ्रेको बनेपामा रहेको होण्डा शो रुमले पनि आजदेखि सार्वजनिक शौचालय सञ्चालनमा ल्याएको हो ।