रोशीका महिलालाई बुटिक सम्बन्धि तालिम
बुधबार, जेठ २५, २०७९ | २१:३२:२०

काभ्रे : जिल्लाको रोशी गाउँपालिकाका महिलाहरुलाई दुई महिने हाते कढाई (बुटिक) तालिम प्रदान गरिएको छ । गाउँपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा गाउँपालिकाको वडा नं ८ र ९ का ३० जना महिलाहरुलाई उक्त तालिम प्रदान गरिएको थियो ।
२०७८ चैत्र २८ गतेबाट सुरु भएको उक्त तालिमको आज समापन भएको हो । तालिमको समापन गाउँपालिकाका अध्यक्ष दिनेश लामाले गरेका हुन् । गाउँपालिकाका अध्यक्ष लामाले तालिममा सहभागी भएकाहरुलाई प्रमाण–पत्र सहित सम्मान गर्दै महिलाहरुलाई आत्मनिर्भर हुन आग्रह गर्दै पालिकाले महिला शक्तिकरणका लागि पनि कार्यक्रमको योजना बनाएको बताए ।