‘किसानलाई सीप प्रविधि र इच्छा शक्ति दिन आवश्यक,’ : अध्यक्ष लामा

काभ्रे : रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले रोशी सरकारले कृषि क्षेत्रको विकासको लागि किसानलाई सीप प्रविधि र इच्छा शक्ति दिन अबको आवश्यकता रहेको बताएका छन् ।

बिहिबार युएस एडको आर्थिक सहयोग र एफ एच आई ३६० तथा दायित्व नेपालको सहकार्यमा रोशी सरकारसंग किसान कार्यक्रममा कृषि क्षेत्रमा परिर्वतन ल्याउनको लागि रोशी सरकारले सहयोग गर्ने गाउँपालिका अध्यक्ष लामाले बताएका छन् । रोशीको वडा गत रुपमा भुगोल फरक–फरक रहेको बताउदै अध्यक्ष लामाले रोशी सरकारको नितिगत रुपमा कृषि क्षेत्रको लागि महाभारत रेन्जदेखि रोशीको फाटसम्मको लागि उपयुक्त कार्यक्रमहरु ल्याउनले बताए ।

दायित्व नेपाल मार्फत पालिकामा कृषि क्षेत्रमा भएका राम्रा कामहरुको बारेमा गरिएको जन प्रशासन फेलोसिपले अगमी दिनमा स्थानीय सरकारले बनाउने निति तथा कार्यक्रम बनाउनको लागि सहजिकरण गर्न सहयोग पुग्ने बताए । यो किसानको सबैखाले आवश्याक रहेको समयमा बिउदेखि मलसम्म सहज बनाउनको लागि केन्द्र सरकारले सहज बनाउ पर्ने बताउदै पालिका अध्यक्ष लामाले पालिकाले कृषि पशु पालन क्षेत्रको लागि काम गरिने बताए ।

विगतको समयमा पुश पालन गर्ने किसानहरुको बिमा नहुने स्थानीय सरकार आए संगै यो कार्यक्रम सबै वडाहरुमा लागु भए पछि किसानहरुको हुन सक्ने क्षति कम गर्नको लागि सहयोग पुगेको अधयक्ष लामाले बताए ।

पालिका कृषि तथा पशुपंन्क्षी शाखा प्रमुख रघुनी शाहाले कृषि क्षेत्रमा पालिकाले विषेशरुपमा बिभिन्न कार्यक्रमहरु संचालन गरिदै आएको बताए । शाखाले किसानहरुको हितमा पशु बिमा, बाली बिमा कार्यक्रम संगै विभिन्न समस्यहरुमा वडा तहमा खटिदै आएका प्राविधिकहरुले सेवा दिदै आएको बताए ।

छलफल कार्यक्रममा सामुदायिक सारथी नेपालका जिल्ला संयोजक भेषराज दनुवारले विगत ५ वर्षदेखि रोशी सरकारसंग नजिक रहेर विभिन्न कार्यक्रमहरु संचालन गरिदै आएको बताए । विगतमा पालिकामा कृषि, पशु पंन्छी, स्वास्थ्य र विपदको क्षेत्रमा छलफल र सहजीकरण गरिदै आएको बताए ।

स्थानीय सरकारहरुले बनाउने निति गत कानुनहरुमा समेत संस्थाले प्राविधिक सहयोग गरिदै आएको बताए । छलफलमा किसानहरुले पालिकाले गरिदै आएका पशु बिमाको दायरा बढाउनु पर्ने विषय उठाएका थियो । किसानहरुको रैथाले बाली बिउ बिजन, चाहिने समयमा मल किसानको घर घरमा पुग्ने वातावरण हुनुपर्ने विषय उठान भएको थियो ।

कार्यक्रममा सहजिकरण गर्दै जन प्रशासन फेलो २०२२ रोशीका प्रतिनिधि रोजन तामाङले विगतमा रोशी सरकारले गरिएका राम्राकामहरु धेरै रहेको ति कामहरु निरन्तरता हुनुपर्ने केहि कृषि पशुपलान क्षेत्रमा देखिएका समस्यहरुको विषयमा पालिकाले थप निति तथा कार्यक्रमहरु मार्फत समेटिनु पर्ने बताए । रोशी गाउँपालिका भित्र रहेको किसानहरुको पशु बिमा कार्यक्रम प्रभावकारी देखिएको पशु क्षति हुन बाट किसानहरुले लाभ लिन सकिएको बताउदै बिमा गर्न किसानहरुको संख्या बृद्धि गर्न पालिका लाग्नु पर्ने बताए ।

बिहिबार रोशी गाउँ पालिकामा भएको छलफल कार्यक्रम युएस एडको आर्थिक सहयोग र एफ एच आई ३६० तथा दायित्व नेपालको सहकार्यमा जनप्रशासन फेलोसिपको आयोजना र स्थानीय किसान र लिखु तामाकोसी गाउँपालिका बिचको सहकार्यमा भएको छलफलमा किसान, जन प्रतिनिधिहरु, पत्रकार र कर्मचारीहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस