सामाजिक सञ्जालमा अश्लिल भिडियो सम्प्रेषण गरी चरित्र हत्या गर्ने धुलिखेलका बिकेश पक्राउ

काभ्रे : अश्लिल भिडियो बनाई सामाजिक सञ्जालमा सम्प्रेषण गरी चरित्र हत्या गर्ने काभ्रेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धुलिखेल नगरपालिका–६ चोच्छे बस्ने २० वर्षीय बिकेश सोजुँ रहेका छन् ।

अश्लिल भिडियो बनाई पीडित नाबालिकाको आफन्त तथा साथीभाइलाई सामाजिक सञ्जालमा पठाई चरित्र हत्या गरेकोले आरोपमा विकेशलाई धुलिखेल नगरपालिका–६ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि खविडाले जानकारी दिए ।

उनका अनुसार विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले टोलिले सोजुँ पक्राउ गरेको हो । पक्राउ परेका उनलाई काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिफारिस