जिल्ला सम्वन्य समिति काभ्रे निर्वाचन : कुन पार्टीबाट कसले दिए उम्मेदवारी ?

काभ्रे : जिल्ला समन्वय समिति काभ्रेको निर्वाचन नजिकिँदै छ । निर्वाचन असार १ गतेका लागि कार्य तालिका निर्धारण गरिएको छ । निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्ला समन्वय समिति काभ्रेको उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरेको छ ।

निर्वाचनका लागि गठबन्धन र एमालेले उम्मेदवारी दिएका छन । गठबन्धनबाट जिसस प्रमुखमा नेकपा (एकीकृत समाजवादी) का जिल्ला सचिब दिपक गौतमले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै प्रमुख पदकै लागि एमालेबाट जिसस प्रमुखमा कमला भट्टराई (काफ्ले)ले उम्मेदवारी दिएकी छिन् ।

गौतम हाल नेकपा एकीकृत समाजवादीको जिल्ला सचिव र मोर्चा विभाग प्रमुखको जिम्मेवारीमा रहेका छन् भने भट्टराई एमाले धुलिखेल नगर कमिटी ईन्चार्ज हुन भने धुलिखेल नगरपालिका वडा नम्बर १२ वटा वडा सदस्यमा निर्वाचित भएकी हुन् ।

त्यस्तै उपप्रमुखमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसबाट रिम बहादुर तामाङले उम्मेदवारी दर्ता गराएका छन् । यता उप–प्रमुखका लागि एमालेबाट राजेन्द्र केसीले उम्मेदवारी दर्ता गराएका छन्। तामाङ रोशी गाउँपालिका वडा नम्बर ६ वटा वडा सदस्यमा निर्वाचित भएका हुन् भन् केसी पनौती नगरपालिका वडा नम्बर ८ बाट वडा सदस्यमा निर्वाचित भएका हुन् ।

उपप्रमुख सहित ५ सदस्य नेपाली कांग्रेसले पाएको छ । नेपाली कांग्रेसबाट पाँचखालका चण्डिका मिजार, पाँचखालका निर बहादुर लामा, मण्डनदेउपुरका मंगल बहादुर लामा र पाँचखालका अप्सरा सिपखानले जिसस सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।

गठबन्धनबाट माओवादी केन्द्रले ३ वटा सदस्य पाएको छ । माओवादी केन्द्रबाट भुम्लुका कमलराज गिरी, तेमालका रस्मिता भण्डारी र मण्डनदेउपुरका कृष्ण कुमारी राईले उम्मेदवारी दर्ता गराएका छन्। गठबन्धनसंग २२ मत रहेको छ । प्रमुख, उपप्रमुख र कांग्रेसबाट सिफारिस सदस्यहरूले मनोनयन दर्ता गरिरहेका छन ।

एमालेबाट धुलिखेलका प्रमिला कामी, बनेपाका मन मिजार, नमोबुद्धका रुपा प्याकुरेल, पाँचखालका रोजिना तामाङ, पनौतीका प्रकाश बञ्जारा, पाँचखालका बुद्धि लाल श्रेष्ठ र बनेपाका सागर मानन्धर रहेका छन् । एमालेसंग मात्रै चार मत रहेको छ । धुलिखेलको नगरप्रमुख, बनेपा, पनौती र पाँचखाल नगरपालिकाको उपप्रमुख एमालेले जितेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस