राष्ट्रिय परिचय पत्रका लागि काभ्रे प्रशासनले आलोपालो सेवा प्रवाह गर्ने

काभ्रे : राष्ट्रिय परिचय पत्र बनाउने सेवाग्राहीका लागि जिल्ला प्रशासन कार्यालय काभ्रेले स्थानीय तह अनुसार आलोपालो सेवा प्रवाह गर्ने भएको छ । कार्यालयले आज एक सूचना जारी गर्दै राष्ट्रिय परिचय बनाउने सेवाग्राहीलाई स्थानीय तह अनुसार आलोपालो सेवा गर्ने बारे जानकारी गराएको हो ।

राष्ट्रिय परिचय पत्र बनाउने सेवाग्राहीको चाप बढेकाले सेवा प्रवाहमा समस्या भएकाले कार्यालयले स्थानीय तह अनुसार आलोपालो प्रणालीमा सेवा प्रवाह गर्न लागिएको कुरा कार्यालयद्वारा प्रकाशित सूचनामा उल्लेख गरिएको छ । प्रकाशित सूचनामा भनिएको छ, ‘२०७८ असार ३ गतेदेखि असार ६ गतेसम्मका लागि टोकन वितरण गरिसकिएको र असार ७ गतेबाट स्थानीय तहगत आधारमा आलोपालो प्रणालीमा राष्ट्रिय परिचयपत्र वितरण दर्ता सम्बन्धि कार्य प्रदान गरिने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ ।’

कार्यालयले सार्वजनिक गरेको पालिकागत कार्यतालिका अनुसार धुलिखेल नगरपालिका, बनेपा नगरपालिका, रोशी गाउँपालिका र चौँरीदेउराली गाउँपालिकाका सेवा ग्राहीलाई आइतबार र बुधबार, पनौती नगरपालिका, नमोबुद्ध नगरपालिका , बेथानचोक गाउँपालिका र तेमाल गाउँपालिकाका सेवा ग्राहीलाई सोमबार र बिहीबार र पाँचखाल नगरपालिका, मण्डनदेउपुर नगरपालिका र भुम्लु गाउँपालिकाका सेवाग्राहीलाई मंगलबार र शुक्रबार तालिका निर्धारण गरिएको छ ।

जिल्लाको महाभारत र खानीखोला गाउँपालिकाका सेवाग्राहीको हकमा हरेक दिन राष्ट्रिय परिचय पत्र वितरण गरिने कुरा कार्यालयले प्रकाशित गरेको सूचनामा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस