अपराधिक क्रियाकलाप नियन्त्रणका लागि बनेपाका जनप्रतिनिधि र इलाका प्रहरीबिच छलफल

काभ्रे : जिल्ला स्थित इलाका प्रहरी कार्यालय बनेपाले अपराधिक क्रियाकलाप नियन्त्रणका विषयमा बनेपाका नवनिर्वाचित जनप्रतिनिधिसँग छलफल कार्यक्रम गरेको छ ।

अपराधिक क्रियाकलाप नगर क्षेत्रमा प्रमुख समस्या बन्दै गएकाले यसको रोकथामका लागि बनेपाका स्थानीय जनप्रतिनिधि र इलाका प्रहरी कार्यालय बनेपाबिच आज (शुक्रबार) छलफल भएको हो ।

 कार्यालयद्वारा आयोजित छलफल कार्यक्रममा अपराधिक क्रियाकलाप रोकथामका लागि नगर क्षेत्रमा सिसिटिभिी क्यामेरा जडान गरी निगरानी गरिने विषयमा छलफल भएको थियो ।

छलफलको क्रममा नगर क्षेत्रमा जडान भएका सिसिटिभी क्यामेराको मर्मत सम्भार गरिनुको साथै आवश्यक स्थानमा थप सिसिटिभिी क्यामेरा जडान गरिने विषयलाई उठान गरिएको थियो ।

कार्यक्रममा बनेपा नगरपालिकाका प्रमुख शान्ति रत्न शाक्य, उप–प्रमुख बिमला सापकोटा दाहाल, बनेपा नगरपालिकाका १४ वटाका वडा अध्यक्ष तथा वडाका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिफारिस