गम्भिर प्रकृतिका बिरामीलाई रोशी गाउँपालिकाले मासिक ५ हजार दिने

काभ्रे :  जिल्लाको रोशी गाउँपालिकाले गम्भिर प्रकृतिका बिरामीलाई स्वास्थ्य उपचारका लागि मासिक ५ हजार दिने भएको छ ।

नेपाल सरकारको नीति अनुसारगाउँपालिकाले गम्भिर प्रकृतिकका बिरामीलाई मासिक ५ हजार दिने निर्णय गरेको हो । गाउँपािलकाले एक सुचना जारी गदै गाउँपालिका भित्र बसोबास गर्ने बिरामीहरुलाई उपचारका लागि मासिक ५ हजार दिने निर्णय गरेको हो ।

गाउँपालिका भित्र बसोबास गर्ने मृगौला प्रत्यारोपण गराएका , डायलाईसिस गराईरहेका , क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीहरुलाई औषधि उपचार खर्च बापत मासिक पाँच हजारका दरले रकम बितरण गर्न लागिएको गाउँपालिका अध्यक्ष दिनेश लामाले जानकारी दिए ।।

उनका अनुसार यसका लागि गाउँपालिकाले सुचना प्रकाशित गरिसकेकाले गाउँपालिका भित्र औषधि उपचार खर्च बितरणका लागि आवश्यक विवरणहरु संकलनको कार्य शुरु भईरहेको छ ।

औषधि उपचार खर्च प्राप्त गर्नका लागि अस्पतालले प्रमाणित गरेको रोग खुल्ने कागजात (अनुसूचि १ अनुसार) , औषधि उपचार खर्च पाउँ भन्ने निबेदन (अनुसूचि २ अनुसार) , गम्भिर प्रकृतिका रोगबाट ग्रसित बिरामीको नागरिकताको प्रतिलिपि (नाबालकको हकमा जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि) र पासपोर्ट साईजको फोटो २ प्रति सहित गाउँपालिका कार्यालयमा सम्र्पक गर्न गाउँपालिका अध्यक्ष दिनेश लामाले आग्रह गरेका छन् ।

उपचार नपाई कोही पनि पिडामा बस्नु नपरोस भन्दै हामीले तत्काल गम्भिर प्रकृतिक बिरामीलाई नेपाल सरकारको निर्णय बमोजिम मासिक पाँच हजार दिने निर्णय गरेसगै सबै वडाहरुमा बिरामी तथ्याङ्क उपलब्ध गराउन आग्रह गरेको उनले बताए ।

सिफारिस

ताजा समाचार

लोकप्रिय