काभ्रे : जिल्लाको महाभारतमा लागु औषध दुरुपयोग तथा ओसारपसार रोक थामका लागि सचेतनामूलक कार्यक्रम सन्चालन गरिएको छ ।
लागु औषध दुरुपयोग तथा ओसारपसार बिरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय काभ्रेको आयोजनामा गाउँपालिकामा लागु औषध दुरुपयोग तथा ओसारपसार रोक थामका लागि सचेतनामूलक कार्यक्रम सन्चालन गरिएको हो ।
‘समुदाय -प्रहरी साझेदारी’ कार्यक्रम अन्तर्गत गाउँपालिका विद्यालय र समुदाय स्तरमा सोमबार सचेतनामूलक कार्यक्रम गरिएको हो।
प्रहरी, स्थानिय निकाय र विद्यालयसंगको समन्वयमा गरिएको सचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो ।























