प्रेसर हर्न न्यूनिकरणका लागि ट्राफिक प्रहरी काभ्रेको सचेतनामूलक कार्यक्रम

काभ्रे : पछिल्लो समय जिल्लाको सडक सुरक्षाको क्षेत्रमा प्रेसर हर्न प्रमुख समस्या बन्दै गएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले यसको न्यूनिकरणका लागि सचेतनामूलक कार्यक्रम गरेको छ । जिवित फाउण्डेसन र स्मार्ट हेल्थको सहकार्य र जिल्ला ट्राफिक प्रहरी कार्यालयको आयोजनामा आज बनेपा प्रेसर हर्न न्यूनिकरणका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको कार्यालयले जनाएको छ ।

अरनिको राजमार्ग अन्तर्गत बनेपाको पुलबजारदेखि चारदोबाटोसम्म प्रेसर हर्न न्यूनिकरण तथा सडक सभ्यता अभिबृद्धि सम्बन्धि सचेतनामूलक र्‍याली कार्यक्रम पनि सञ्चालन गरिएको थियो । र्‍यालीमा बनेपाका विभिन्न विद्यालयका विद्यार्थीहरु, सञ्चारकर्मी, सुरक्षाकर्मी, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले सहभागिता जनाएका थिए ।

जनसमुदाय र सर्वसाधरणबाट पनि प्रेसर हर्न सम्बन्धि गुनासो आएकाले यसको न्यूनिकरणका लागि कार्यालयले सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख राजेश सिलवालले जानकारी दिए । उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक चक्र राज जोशी, नेपाल पत्रकार महासंघका अध्यक्ष बद्रीराज तिमिल्सना लगायतले प्रेसर हर्न न्यूनिकरण तथा सडक सुरक्षा र सभ्यताका विषयलाई सम्बोधन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस