कोरोना संक्रमणका कारण मृत्यु भएकाको परिवारलाई बेथानचोक गाउँपालिकाको आर्थिक सहयोग

काभ्रे : कोरोना संक्रमणका कारण मृत्यु भएकाको परिवारलाई जिल्लाको बेथानचोक गाउँपालिकालेआर्थिक सहयोग गरेको छ । गाउँपालिकाको कार्यालयमा आयोजित कार्यक्रमको अवसरमा आज कोरोना संक्रमणबाट मृत्यु भएका १५ जनाका परिवारलाई राहत रकम प्रदान गरिएको हो।

गाउँपालिका अध्यक्ष भगवान अधिकारीले मृतका प्रति परिवारलाई जनही ५० हजार रुपैंयाको चेक प्रदान गरेका हुन् । कार्यक्रममा कोरोना राहत स्वरूप १४ लाख ५० हजार वितरण गरिएको हो।

कार्यक्रममा बोल्दै बेथानचोक गाँउपालिका अध्यक्ष भगवान अधिकारीले आफू निर्वाचित भएसंगै घोषणा गरिएका कार्यहरु क्रमशः थालनी गर्दै गईरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिफारिस