आ.व २०७९/८० को लागि काभ्रेका १० स्थानीय तहद्वारा बजेट सार्वजनिक 

काभ्रे : आर्थिक वर्ष २०७९/८०को लागि जिल्लाका १० स्थानीय तहले अनुमानित बजेट सार्वजनिक गरेका छन् ।

जिल्लाका १३ स्थानीय तहमध्ये १० स्थानीय तहले शुक्रबार अनुमानित बजेट पेस गरेका हुन् भने तीन स्थानीय तहले भने नीति तथा कार्यक्रम मात्र प्रस्तुत गरेका छन् । जिल्लाको भुम्लु गाउँपालिका, तेमाल र चौरीदेउराली गाउँपालिकाले असार १० गतेभित्र नीति तथा कार्यक्रम मात्रै पेस गरेका छन् ।

असार १० गतेभित्रमा राजस्व र व्ययको अनुमान (बजेट) पेस गर्नुपर्ने समयसीमाभित्रै स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । जिल्लामा १० स्थानीय तहको अनुमानित बजेट आठ अर्ब १४ करोड ३७ लाख ३५ हजार पेस गरेको छ ।

अनुमानित बजेट सार्वजनिक गर्ने १० स्थानीय तहमध्ये पनौती नगरपालिकाले एक अर्ब ६० करोड १३ लाख अनुमानित बजेट आगामी आर्थिक वर्षका लागि पेस गरेको छ ।बनेपा नगरपालिकाले एक अर्ब ५५ करोड २४ लाख, धुलिखेल नगरपालिकाले एक अर्ब ३५ करोड, पाँचखाल नगरपालिकाले एक अर्ब २९ करोड ९६ लाख, मण्डनदेउपुर नगरपालिका एक अर्ब एक करोड ९३ लाख ७२ हजार दुई सय ३५ र नमोबुद्ध नगरपालिकाले ४७ करोड ४८ लाख ४५ हजार अनुमानित बजेट पेस गरेको छ ।

त्यसैगरी रोशी गाउँपालिकाले ७१ करोड ४६ लाख ८२ हजार अनुमानित बजेट प्रस्तुत गरेको छ । महाभारत गाउँपालिकाले २८ करोड ५० लाख, खानीखोला गाउँपालिकाले ४७ करोड चार लाख सात हजार र बेथानचोक गाउँपालिकाले ५९ करोड ११ लाख २९ हजार अनुमानित बजेट अंक प्रस्तुत गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस