पेट्रोलको मूल्य प्रतिलिटर २० र डिजेलको २९ रुपैयाँले घट्यो

काठमाडौ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

सत्ता गठबन्धनको निर्णयअनुसार नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा कटौती गरेको हो । आज शनिबार बसेको निगम सञ्चालक समिति बैठकले मूल्य घटाउने निर्णय गरेको हो । निगमले पेट्रोलमा २० रुपैयाँ र डिजेल/मट्टितेलमा २९ रुपैयाँ मूल्य घटाएको हो ।

यसअनुसार अब पेट्रोलको मूल्य १७९ निर्धारण हुनेछ भने डिजेल/मट्टितेलको १६३ कायम हुनेछ । घटेको मूल्य आजै राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।

 

सिफारिस

ताजा समाचार

लोकप्रिय