बेथानचोक जेसीसद्वारा नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान

काभ्रे : जिल्लाको बेथानचोक जेसीज २०२२ ले नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान गरिएको छ । जेसीजको आस्था अनुसार जनप्रतिनिधिहरुले कार्यकाल भरी गाउँपालिकाका नागरिकहरुको समृद्धीका लागि लाग्न प्रेरित गर्ने उदेश्यले निर्वाचित जनप्रतिनिधिलाई सम्मान गरिएको संयोजक मोहनकृष्ण तिमल्सिनाले बताए ।
गाउँपालिका अध्यक्ष भगवान अधिकारी, उपाध्यक्ष तारा राना तिमल्सिना, वडा अध्यक्षहरु, सदस्यहरुलाई नेपाली काँग्रेसका बागमति प्रदेश महामन्त्री कञ्चनचन्द्र बादेले सम्मान गरेका हुन । कार्यक्रममा बोल्दै महामन्त्री बादेले जेसीजले लिएको उदेश्य अनुरुप कार्य गर्न अनुरोध गर्दै जनप्रतिनिधिहरुलाई जनताको सेवामा दत्तचित्त हुन आग्रह गरे । कार्यक्रममा गाउँपालिका अध्यक्ष भगवान अधिकारीले गाउँपालिकालाई समृद्ध बनाउन जेसीज लगायतका संघ संस्थासँग समन्वय गर्ने बताए ।
कार्यक्रममा जेसीजका राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष रमाकुमारी प्याकुरेल, उपाध्यक्ष जीवन कार्की, २०२१ का महासचिव विकास मानन्धर, विभिन्न शाखाका अध्यक्षहरु, गाउँपालिका पुर्व अध्यक्ष प्रेमबहादुर तिमल्सिना, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना, वडा अध्यक्ष कृष्णबहादुर पाख्रिन, पुर्व वडाअध्यक्ष भगवान घिमिरे, जेसीज २०२२ का अध्यक्ष डिकमान लामा, जेसी मोहनकृष्ण तिमल्सिना लगायतले जेसीजले गर्ने सामाजिक उत्तरदायित्व र जिम्मेवारी सम्वन्धी धारणा राखेका थिए ।