प्रेस यूनियन काभ्रेको अध्यक्षमा नगेन्द्र अधिकारी

काभ्रे : नेपाल प्रेस यूनियन काभ्रेको सातौ जिल्ला अधिवेशनबाट अध्यक्षमा नगेन्द्र अधिकारी सर्वसम्मत चयन भएका छन् । जिल्ला भेलाबाट अधिकारीको अध्यक्षतामा जिल्ला कार्यसमिति सर्वसम्मत चयन भएको छ ।

जसमा उपाध्यक्षमा देवराज केसी, महिला उपाध्यक्षमा सम्झना हुमागाई, सचिवमा शुभराज अधिकारी, सह–सचिवमा सचित खड्कका, समावेशी सह– सचिवमा इन्द्र बहादुर थापा र कोषध्यक्षमा सरोज अधिकारी सर्वसम्मत चयन भएका छन् । यस्तै कार्यसमिति सदस्यहरुमा, राजन दाहाल, रोशन पौडेल, पुजन धिताल, रवि धिताल, शोभा हुमागाई, पुरुषोतम ढकाल, विपश्रा शाक्य, भक्त दाहाल र ज्योती श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् ।

भेलाले यहि साउन ६ र ७ गते हुन गईरहेको केन्द्रिय महाधिवेशनका लागि पनि आजै केन्द्रिय प्रतिनिधि सर्वसम्मत चयन गरेको छ । केन्द्रीय प्रतिनिधीहरुमा भोला थापा, नारायण सापकोटा, महेश पौडेल, बद्रीराज तिमल्सिना, प्रदिप केसी, शिखर चिमौरीया, कपिल कोइराला, रघुनाथ हुमागाई, शंकर अधिकारी, शिव दाहाल, ज्ञानमणी नेपाल, सूर्य लाकाजु, कविता शर्मा र इन्द्रलक्ष्मी घिमिरे सर्वसम्मत चयन गरिएको छ । भेलाले प्रदेश प्रतिनिधी समेत आजै चयन गरेको छ ।

प्रदेश प्रतिनिधीहरुमा, नवराज सापकोटा, सरोज सापकोटा, राजेन्द्र तिमल्सिना,सुमन गिरी, सतोष तिमल्सिना, मोहनकृष्ण तिमल्सिना, रोशन तिमल्सिना, दिलीप आचार्य, पुरुषोतम ढकाल, दिपक चौलागाई, हिराकाजी लामा, दुर्गा घलान, जानुका खनाल र सनम सुवाल सम्र्वसम्मत चयन भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस