अपाङ्ग बाल अस्पतालको बस दुर्घटना हुँदा एक जनाको मृत्यु, ३५ जना घाइते
बिहिबार, आषाढ १६, २०७९ | १९:२८:३७

काभ्रे : जिल्लाको बनेपा नगरपालिका वडा नम्बर ११ स्थितअपाङ्ग बाल अस्पताल नजिक अपाङ्ग बाल अस्पतालका कर्मचारी बोकेको बस दुर्घटना भएको छ ।
अस्पतालको स्टाफ बोकेको बा १ क ५७४७ नम्बरको बस दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने ४४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
मृत्यु हुनेमा भक्तपुर लोकन्थलिका ४५ वर्षीया लेख कुमारी बस्नेत रहेको जिल्ला प्रहरी प्रमुख एसपी चक्रराज जोशीले जानकारी दिए ।
दुर्घटनाका घाइतेहरुको जिल्ला स्थित विभिन्न अस्पतालमा उपचारका पठाईएको र अन्यको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए ।