मंगलबार, माघ २७, २०८२
बैंकिङ कसूर मुद्दामा फरार रहेका काभ्रे चौरीदेउरालीका लामा पक्राउ

काभ्रे : बैंकिङ कसूर मुद्दाका एक जना फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका –९ स्थायी घर भई हाल ललितपुर महानगरपालिका पुल्चोक बस्ने ४९ वर्षका लाम्गेल दोर्जे लामा रहेका छन्।

काठमाडौँ जिल्ला अदालतले २०७७ साल माघ २५ गते लामालाई एक करोड २० लाख जरिवाना र दुई वर्षको जेल सजायको फैसला गरेकोमा उनले कैद र जरिवाना नतिरी फरार भएका थिए।

लामालाई बुधबार बालवाटारबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौँ पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान महाशाखाले जनाएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय