काभ्रेका सहकारीकर्मीलाई कोपोमिसको प्रविधि सम्बन्धि तालिम
काभ्रे : जिल्ला सहकारी संघ लि. काभ्रेपलाञ्चोकले जिल्लामा रहेका सबै प्रकृतिका सहकारी संस्थाहरुको कोपोमिस प्रणालीमा आबद्धता हुन भेला गरेको छ । शुक्रबार गरिएको भेला आयोजना गर्न सहकारी विभागले जिल्ला सहकारी संघ लि., काभ्रेपलाञ्चोकलाई पत्राचार गरेको थियो ।
संघीय सहकारी विभाग कोपोमिस बिभागका अधिकृत प्रेम शर्माको उपस्थितीमा सहभागीहरुलाई व्यवहारिक अभ्यासको सिकाई सम्बन्धि प्रशिक्षण गरिएको हो । सहकारी विभागले कोपोमिस प्रणालीमा आबद्धता नभएमा आउने आर्थिक वर्षमा सहकारी संस्थाहरुलाई करचुक्ता प्रमाण पत्र नदिने सूचना जारी भए पछि अभियानको तर्फबाट जिल्ला सहकारी संघ लि.ले जिल्लामा रहेका सहकारी संस्थाहरुका लागि कार्यक्रमको आयोजना गरिएको हो ।
अभियानको रुपमा नेपालमै छाता संघहरुको तर्फबाट एकै स्थानमा सहभागिहरुलाई राखेर कार्यक्रम आयोजना गरेको सम्भवत जिल्ला सहकारी संघले पहिलो पटक नै हो जिल्ला सहकारी संघ लि.का अध्यक्ष दिलिप शर्माले बिचार राखेका थिए । अनुभव आदान प्रदान गर्ने, सिकाईको अभिबृद्धि हुने र सँगसँगै रहेर सहकारी अभियानका विषयमा धेरै सिकाइ हुने भएकाले यस्तो तालिम तथा प्रशिक्षणले सहजता हुने विचार राख्दै अभियानलाई सिकाउने र टिकाउने विषयमा सधै जिल्ला सहकारी संघले कार्य गर्दै आएको विचार राखेका थिए ।
कार्यक्रममा जिल्लाका अधिकांश पालिकाहरुबाट ७३ जना सहभागिहरुको उपस्थिती रहेको थियो । सहभागिहरुले कार्यक्रम निकै उपलब्धिमूलक रहेको बिचार राखेका थिए। उक्त तालिम जिल्ला सहकारी संघ लि. का सञ्चालक समिति सदस्य तथा शिक्षा तालिम व्यवस्थापन उप समितिका संयोजक ठाकुरनाथ अधिकारीको अध्यक्षतामा भएको थियो भने कार्यक्रममा प्रशिक्षक प्रेम शर्माले कोपोमिसको आवश्यकता यसको महत्व र विभागले यसमा थालेको पहल र सकारात्मक पक्षहरुका बारेमा प्रशिक्षण दिएका थिए।