मोटरसाइकलको ठक्करबाट एक बृद्धको मृत्यु

काठमाडौं : काठमाडौँ स्थित युएनपार्क नजिकैको पुलमा मोटरसाइकलको ठक्करबाट एक बृद्धको मृत्यु भएको छ ।

शुक्रबार राति काठमाडौं महानगरपालिका–१० युएनपुल नजिकै सडकमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्री वृद्धको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा पैदलयात्री ललितपुर महानगरपालिका-१० बस्ने ७३ वर्षीय मधुरमान मास्के रहेका छन् ।

बाग्मती प्रदेश ०२ ०२६ प ०६२७ नम्बरको मोटरसाइकलको ठक्करबाट घम्भिर घाइते भएका मास्केको उपचारको क्रममा सिभिल अस्पताल मिनभवनमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय