काभ्रे तेमालकी रायमाझी केएमसी स्कुलको क्यान्टिनमा मृत अवस्थामा फेला

काभ्रे : काभ्रेको तेमाल गाउँपालिका स्थायी घर भएकी २१ वर्षीया रमा रायमाझी काठमाडौंको बुद्धनगरस्थित केएमसी स्कुलको क्यान्टिनमा मृत अवस्थामा फेला परेकी छन् ।

रायमाझी केएमसी स्कुलको गर्ल्स होस्टेलको छेउमा झुण्डिएको अवस्थामा शनिबार बेलुका मृत फेला परेको काठमाडौं प्रहरी परिसरका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

उनका अनुसार आफन्तले हत्याको आशङ्का गरेपछि मृत फेला परेकी रमा रायमाझीको शव उठ्न सकेको छैन । रातिदेखि अहिले बिहानसम्म पनि त्यहाँ आफन्त र स्थानीयको भिडभाड छ । गएराति त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विशेषज्ञ गोपाल चौधरीसहितको टोली पनि स्कुल पुगेको उनले बताए ।

काठमाडौं प्रहरी परिसरका एसपी मैनालीले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस