रुपन्देहीमा स्कुटर दुर्घटनामा हुदाँ एक पुरुषको मृत्यु

रुपन्देही : रुपन्देहीमा स्कुटर दुर्घटनामा हुदाँ एक पुरुषको मृत्यु भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ स्थित दश नम्बर चोकमा स्कुटर दुर्घटना हुँदा घाइते भएका चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

मृत्यु हुनेमा स्थानीय ५० वर्षीय तुलसी पाठक रहेका छन् । गए राति पौने १२ बजे लु ७९ प ५४९१ नम्बरको स्कुटर पल्टिदा गम्भीर घाइते भएका पाठकको मणिग्राम स्थित क्रिमसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस