नेपाल प्रहरीद्वारा असई र प्रहरी जवान पदका लागि आवेदन खुल्ला
काठमाडौं : नेपाल प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीमा जनपद समूहतर्फ प्रहरी सहायक निरीक्षक (असई) र प्रहरी जवान पदहरुमा आवेदन खुल्ला गरेको छ। नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभागले सूचना जारी गर्दै खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न असई र प्रहरी जवानमा भर्ना खुलेको बताएको छ।
आइतबार सूचना प्रकाशन गर्दै प्रहरी प्रधान कार्यालयले यस अघि माग गरिएका संख्यामा थप गरी कुल जम्मा ४४३ जना असई र दुई हजार ४७४ जना प्रहरी जवान माग गरेको हो । २०७८ संसिर १० गते विज्ञापन प्रकाशन गरी एक हजार ९७१ जना प्रहरी जवान माग गरेको थियो यसमा ५०३ जना थप गरी कुल जम्मा २ हजार ४७४ जना प्रहरी जवान माग गरेको छ ।
जसअन्तर्गत असईतर्फ २०७८ असोज २२ गते माग गरिएका १९७ जना र थप गरिएको ७६ गरी ४४३ जना माग गरिएको छ। जसमा खुलातर्फ २३८ जना, अमर अशक्तर प्रहरी परिवारबाट ९ जना, महिलातर्फ ४०, आदिवासीरजनजातिबाट ६३, मधेशीबाट ५५, दलितबाट २९ र पिछडिएको क्षेत्रबाट ९ जनाको कोटा रहेको छ।
त्यस्तै, प्रहरी जवानतर्फ २०७८ मंसिर १० गते माग गरिएका १९७१ जना र थप गरिएको ५०३ गरी २४७४ जना माग गरिएको छ। जसमा खुलातर्फ १३३४ जना, अमर अशक्त र प्रहरी परिवारबाट ४९ जना, महिलातर्फ २१९, आदिवासीरजनजातिबाट ३५०, मधेशीबाट ३०५, दलितबाट १६४ र पिछडिएको क्षेत्रबाट ५३ जनाको कोटा रहेको छ।
कार्यालयद्वारा प्रकाशित सूचना हेर्नुहोस् :