बनेपाका कृषकलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण

काभ्रे : परम्परागत कृषि पेशालाई व्यवसायिक र आधुनिकीकरणतर्फ विकास गराउन जिल्लाको बनेपा नगरपालिकाले नगर क्षेत्रका कृषकलाई मिनी टिलर (हाते ट्याक्टर) वितरण गरेको छ ।

नगरपालिकाले आज (आइतबार) एक कार्यक्रमका बिच नगर क्षेत्रका १ सय ६ जना कृषकलाई हाते ट्याक्टर वितरण गरेको हो । नगरलाई कृषिमा आधुनिकीकरणतर्फ अगाडि बढाउन कृषकलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरिएको बनेपा नगरपालिकाका नगरप्रमुख शान्तीरत्न शाक्यले बताए ।

कृषकलाई हाते ट्याक्टर वितरण गर्दै नगरप्रमुख शाक्यले भने, ‘परम्परागत रुपमा खेती गरिने स्थानमा पावर टेलर प्रयोग गर्दा सजिलो र काम छिटो छरितो होस भनेर यहाँका कृषकलाई पावर टेलर वितरण गरिएको हो । छिटो छरितो बेमौसमी खेती गर्ने कृषकलाई ट्याक्टरले सहजता प्रदान गर्नेछ ।’

श्रम र समयको वचत, सिमित जनशक्तिबाट पर्याप्त काम हुने भएपछि किसान हाते ट्याक्टरको प्रयोगतर्फ आकर्षित भएका छन् । ५० प्रतिशत सहुलियत अनुदानमा ट्याक्टर पाएपछि कृषकहरु हर्षित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस