शनिबार, मंसिर २७, २०८२
काठमाडौं उपत्यका र काभ्रेका आवेदकलाई सात दिनमै पाइने पासपोर्ट उपलब्ध गराइने

काभ्रे : राहदानी विभागले काठमाडौं उपत्यका र काभ्रेका आवेदकलाई सात दिनमै पाइने पासपोर्ट उपलब्ध गराउने भएको छ । आज (आइतबार) विभागले एक विज्ञप्ति जारी गर्दै काठमाडौं उपत्यका र काभ्रेका आवेदकलाई सात दिनमै पाइने पासपोर्ट उपलब्ध गराउने बारे जानकारी गराएको छ ।

त्यस्तै काठमाडौँ उपत्यका र काभ्रे बाहेकको जिल्लाको हकमा जिल्लाबाट आवेदन दिएकाहरूले बढीमा १५ दिनमै पासपोर्ट पाउने व्यवस्था मिलाइएको विभागद्वारा जारी गरिएको विज्ञप्तिमा जनाइएको छ ।

जिल्ला प्रशासन कार्यालयबाट आवेदन भएका राहदानीहरूलाई विभागले प्रत्येक हप्ता प्रिन्ट गरेर पठाउने व्यवस्था गरेकाले काठमाडौं उपत्यकाभित्रका जिल्ला र काभ्रेमा आवेदन गर्नेहरूले एक हप्ता भित्रमा र अन्य जिल्लाको हकमा १० देखि १५ दिन भित्र राहदानी प्राप्त गर्ने सुनिश्चितता मिलाइएको विभागको विज्ञप्तिमा उल्लेख छ ।

विभागद्वारा जारी गरिएको विज्ञप्ति :

सिफारिस

ताजा समाचार

लोकप्रिय